१९ माघ, २०८१ शनिबार
02:38:32 AM
२४ साउन, २०७९
काठमाडौं । असमान तलव वृद्धिका विरूद्धमा निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। अर्थ मन्त्रालयले बजेट घोषणा विपरीत असमान ढंगले उच्च तहको कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै नायव सुब्बा कर्मचारी आन्दोलित भएका हुन् ।
कर्मचारीको तलबमान असमान ढंगले बढाउन खोजिएको भन्दै मंगलबार काठमाडौं उपत्यकाका नायब सुब्बाले सिंहदरबारभित्र धर्ना दिएका छन् ।
बजेट वक्तव्यमा भएको व्यवस्थाविपरीत र कर्मचारीभित्रै विभेद हुने गरी तलब बढाउन खोजिएको उनीहरूको भनाइ छ । सोमबार असमान तलव वृद्धिका विरूद्धमा निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका बेला अर्थमन्त्री शर्माले कर्मचारीहरुलाई बजेटमा गरिएको व्यवस्थाबमोजिम नै कर्मचारीहरुको तलब लागू हुने आश्वासन दिनुभएको हो ।
सोमबार अर्थमन्त्री र निजामती कर्मचारी युनियनका पदाधिकारीहरुबीचको भेटमा अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणा अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुने आश्वासन दिनुभएको थियो । ५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिलेका विषय ‘पे कमिसन’ गठन गरेर मिलाउने प्रतिबद्धता जनाउनुभएको थियो ।
कर्मचारीको विरोधपछि तलबसँग सम्बन्धित विषय आयोग गठन गरेरै टुंग्याउने निर्णयमा अर्थ मन्त्रालय पुगेको छ । प्रस्तावित तलबमान कायम नगर्ने भनेर मन्त्रालयले प्रतिबद्धता जनाए पनि कर्मचारीले विरोध कार्यक्रम जारी राखेका हुन् ।