१३ बैशाख, २०८१ बिहिबार

08:05:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट भुक्तानी गर्न सकिने

Nepal Business

२३ साउन, २०७९

 चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट भुक्तानी गर्न सकिने

काठमाण्डौं । चन्द्रागिरिनगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी  विद्युतीयकर भुक्तानी ‘ई–पेमेन्ट’ सेवा शुभारम्भ गरेको हो । 

यससँगै नगरपालिकाका सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पे मार्फत घर बहाल कर, सम्पति कर  र व्यवसायिक कर तिर्न भुक्तान गर्न सक्नेछन् ।

नगरपालिकालेएक विशेष कार्यक्रमको आयोजनागरी विद्युतीयकर भुक्तानी ई–पेमेन्ट’ सेवा शुरु गरेको हो ।

उक्त कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले विज्ञान प्रविधिको युगमा  नगरपालिकाले शुरु गरेको विद्युतीयकर भुक्तानी ई–पेमेन्ट’  सेवाले आम सेवाग्राहीहरुलाई नगरपालिकाको कर भुक्तानी गर्न सजिलो मात्र नभई संसाधनको समेत बचत हुने र नगरपालिका र वडाहरुमा सेवाग्राहीहरुको चाप पनि कम हुने बताउँदै सबै वडाका प्रतिनिधि तथा कर्मचारीहरु यो सेवाको प्रवद्र्घन गर्न लागि पर्नु पर्ने बताउनुभयो ।

झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमईपे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । 

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवाप्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्  । 

यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ । 

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । 

मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो।