२० बैशाख, २०८१ बिहिबार

06:20:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एप्पलले आइफोन १४ को उत्पादन भारतमै गर्ने

Nepal Business

२३ साउन, २०७९

एप्पलले आइफोन १४ को उत्पादन भारतमै गर्ने

एजेन्सी । एप्पलले आफ्नो नयाँ स्मार्टफोन आइफोन १४ को उत्पादन भारतमै गर्ने भएको छ । एक रिपोर्ट अनुसार आइफोन १४ को उत्पादन सँगै विश्वभर आपूर्ति पनि भारत र चीनबाट गरिनेछ ।

अहिलेसम्म भारतमा केवल आइफोन ११, आइफोन १२ र आइफोन १३ को उत्पादन भैरहेको छ । आइफोन १४ सँगै भारतमा एप्पलको हाइ इण्ड आइफोन पनि उत्पादन हुने जनाइएको छ । 

उक्त आइफोनहरु चेन्नइस्थित फक्सकन प्लान्टमा उत्पादन हुने गरेका छन् । एप्पलका लागि आइफोन बनाउने फक्सकनले नै पहिलोपटक भारत र चीन दुवै देशबाट आइफोन १४ को आपूर्ति सुरु गर्ने बताइएको छ ।

सेक्योरिटी विश्लेषक मिंग ची कुओलेका अनुसार एप्पलले चीनसँगै भारतबाट पनि पछिल्लो हाइइण्ड फोनको उत्पादन तथा आपूर्ति सुरु गर्नेछ । उहाँले आफ्नो पछिल्लो सर्भेको आधारमा यस्तो जानकारी दिनुभयो । 

एप्पलले सेप्टेम्बरमा आफ्ना आइफोन १४ सिरिजका आइफोन सार्वजनिक गर्दैछ । यसबीचमा आइफोन १४ को मूल्य तथा फिचर्सका बारेमा विभिन्न सूचनाहरु सार्वजनिक भैरहेका छन् ।

आइफोन १४ को मूल्य आइफोन १३ को तुलनामा १०० डलर बढी हुनेछ । अर्थात् आइफोन १४ को सुरुआती मूल्य ८९९ डलर हुनेछ । आइफोन १४ मा ६.१ इन्चको स्क्रिन हुनेछ भने एप्पलको ए१५ बायोनिक प्रोसेसर रहनेछ ।