१९ माघ, २०८१ शनिबार
03:41:33 AM
२३ साउन, २०७९
काठमाडौं । असमान तलव वृद्धिका विरूद्धमा निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। अर्थ मन्त्रालयले बजेट घोषणा विपरीत असमान ढंगले उच्च तहको कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै देशैभरका नायव सुब्बा कर्मचारीले भोलि मंगलबार बिदामा बस्ने घोषणा गरेका हुन् ।
देशभरीका नासु कर्मचारीहरुले बिदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताउनुभयो । उहाँका अनुसार असमान तलब वृद्धिकाविरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा आन्दोलन गरिएको हो ।
आजै सिंहदरबारमा नासु कर्मचारीहरुले पेनडाउन गरेका थिए। सूचना तथा सञ्चार मन्त्रालयको सभाहलमा भेला भएका कर्मचारीहरुले बृहत् आन्दोलनको तयारी गरिरहेका छन्। नासु र खरिदारका माग सम्बोधन नगरे कर्मचारीहरुले सामूहिक राजीनामा दिन सक्ने युनियनले चेतावनी दिएको छ।