१९ माघ, २०८१ शनिबार
03:50:11 AM
२३ साउन, २०७९
काठमाण्डौ । सिहंदरबारभित्रका निजामती कर्मचारीहरुले काम ठप्प पारेका छन् । उच्च तहका कर्मचारीको तलब धेरै वृद्धि गरेकाले उनीहरु आन्दोलनमा उत्रिएका हुन् भने काम पनि ठप्प परेका हुन् ।
निजामती कर्मचारी युनियनको अगुवाइमा नासु बचाऊ अभियानअन्तर्गत कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
युनियनका अनुसार अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीको तलब धेरै वृद्धि गरेकोले तल्लो तहका कर्मचारी आन्दोलनमा उत्रिनुपरेको हो ।
सरकारले असमान तलब वृद्धि गरेको र प्रस्तावित संघीय निजामती सेवा ऐनको मागको सन्दर्भमा बृहत् आन्दोलनको तयारीका लागि सिंहदरबारभित्र कर्मचारीहरु भेला भएका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयको सभाहलमा भेला भएका कर्मचारीहरुले बृहत् आन्दोलनको तयारी गरिरहेका छन्। नासु र खरिदारका माग सम्बोधन नगरे कर्मचारीहरुले सामूहिक राजीनामा दिन सक्ने युनियनले चेतावनी दिएको छ।
आन्दोलित कर्मचारीहरुले आज संघीय मामिला तथा समान्य प्रशासन मन्त्रीसँग भेट्ने, अर्थसचिव र मुख्य सचिवलाई ज्ञापनपत्र बुझाउने तयारी छ ।