२३ बैशाख, २०८१ आइतबार

06:31:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

Nepal Business

२२ साउन, २०७९

यसअघि प्रदेशसभाको बैठकमा ‘प्रदेश प्रज्ञा प्रष्ठिान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ संशोधनसहित दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

विराटनगर,
प्रदेश नं १ प्रदेशसभाको १० औँ तथा बजेट अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ । 

सभामुख प्रदीपकुमार भण्डारीले आज आइतबारदेखि अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको चालु बैठक स्थगन भएको जानकारी दिनुभयो ।

सभामुख प्रदीपकुमार भण्डारीले आज आइतबारदेखि अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको चालु बैठक स्थगन भएको जानकारी दिनुभयो ।

यसअघि प्रदेशसभाको बैठकमा ‘प्रदेश प्रज्ञा प्रष्ठिान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ संशोधनसहित दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । 

लेखा परीक्षण ऐन, २०७५ को दफा १९ (५) बमोजिम आर्थिक वर्ष २०७७/७८ को महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन, २०७९ सदनमा पेश भएको छ ।

बैठकमा प्रदेशसभा नियमावली, २०७४ (संशोधनसहित)को नियम १४३ बमोजिम अर्थ समितिको आव २०७७/७८ र २०७८/७९ को, सार्वजनिकि लेखा समितिको आव २०७८/७९ को, प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको आव २०७६/७७, २०७७/७८ र २०७८/७९को तथा सुशासन तथा योजना समितिको आव २०७८/७९ को वार्षिक प्रतिवेदन सम्बन्धित समितिका सभापतिहरूले सदनमा पेश गर्नुभयो ।

प्रदेशसभाको शून्य तथा विशेष समयमा उठेको प्रश्न तथा जिज्ञासाका सम्बन्धमा स्वास्थ्यमन्त्री जयराम यादवले सरकारीबाट मात्र होइन निजीस्तरबाट सञ्चालित अस्पतालबाट जनताले सर्वसुलभ तरिकाले उपचार पाउनुपर्छ भन्नुभयो । 

उहाँले अघिल्लो सरकारले बिनाअध्ययन सरुवा रोग अस्पताल निर्माण गर्न शिलान्यास गरे पनि त्यसमा कानुनी अड्चन आएकाले काम अघि बढ्न नसकेको भन्दै प्रदेश सरकारले प्रत्येक जिल्ला अस्पताललाई स्तरोन्नति गरी जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न काम गरिरहेको जानकारी दिनुभयो ।