२३ बैशाख, २०८१ आइतबार

07:31:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इलाममा पनि उड्यो प्याराग्लाइडिङ

Nepal Business

१ माघ, २०७८

इलाममा पनि उड्यो प्याराग्लाइडिङ

१ माघ । पर्यटकीय नगरी पोखराको आकाशमा मात्र प्याराग्लाइडिङ उडेको देख्नुभएका इलाम रोङ गाउँपालिका–६ का वडाध्यक्ष मनिकुमार स्याङ्बोले आफ्नै गाउँमा पहिलोपटक सोको मज्जा लिनुभएको छ । इलामको रोङ गाउँपालिका–६ झण्डिडाँडाबाट आज उहाँ आफैँले प्याराग्लाइडिङको मज्जासहित परीक्षण उडान सुरु गर्नुभएको हो ।

पोखराको हाईफ्लायर प्याराग्लाइडिङ प्रालिका सञ्चालक रुपक कोइराला, हरि बुढाथोकी र सागर नेपालीलाई ल्याएर उहाँले आफ्नै क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक झण्डीडाँडाबाट झापा मेचीनगर  नगरपालिका–१ तिरिङसम्मको प्याराग्लाइडिङको परीक्षण उडान गराउनुभएको हो ।

पोखराको हाईफ्लायर प्याराग्लाइडिङ प्रालिका सञ्चालक रुपक कोइराला, हरि बुढाथोकी र सागर नेपालीलाई ल्याएर उहाँले आफ्नै क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक झण्डीडाँडाबाट झापा मेचीनगर  नगरपालिका–१ तिरिङसम्मको प्याराग्लाइडिङको परीक्षण उडान गराउनुभएको हो ।

शुक्रबार हाईफ्लायर प्याराग्लाइडिङ प्रालिका कोइराला, बुढाथोकी र नेपालीले मात्र उडान गर्नुभएको थियो भने आज वडाध्यक्ष स्वयंले उडान गरेर परीक्षण सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलोपटक प्राविधिक हिसाबले उपयुक्त छ कि छैन भनेर परीक्षण उडान ग¥यौँ सफल भयौँ, अब एक महिनाभित्रैमा व्यावसायिकरूपमा काम गर्छौँ ।” उहाँले यस क्षेत्रका व्यवसायीलाई समेत तयार रहन आग्रह गर्नुभयो ।

उहाँले प्याराग्लाइडिङबाट झापाका विभिन्न स्थान, भारतको मिरिक, खर्साङ, दार्जिलिङलगायतका स्थान देखिएको बताउनुभयो । उहाँले सरकारले तराईका जिल्लामा भ्यूटावर बनाउन लाखौँ खर्च गरिरहेका बेला प्रकृतिले दिएको सुन्दर स्थानलाई सजाएर पनि पर्यटनको विकास गर्न सकिन्छ भन्ने उद्देश्यले काम गरिरहेको बताउनुभयो । झण्डीडाँडाबाट उडान गरिएको प्याराग्लाइडिङ झापाको मेचीनगर नगरपालिका–१ स्थित तिरिङखोलाको बगर र सोही वडामा रहेको बाल विकास आधारभूत विद्यालयको प्राङ्गणमा अवतरण गरिने व्यवस्था मिलाइएको छ । 

मेची राजमार्गको हाँसपोखरीबाट कर्साङ पदमार्ग हुँदै झण्डीडाँडा थाकेर पुगेका पर्यटकका लागि आकाशमा डुल्दै पर्यटकीय स्थानको दृश्यावलोकनले थकान मेट्न प्याराग्लाइडिङ सहयोगी हुने उहाँको भनाइ छ । यहाँबाट सूर्योदयको दृश्वालोकनसमेत गर्न सकिन्छ । जसका लागि दैनिकजसो पर्यटक आउन थालेका छन् ।

सेलरोटी महोत्सव मनाइयो

माघे सङ्क्रान्तिको अवसर पारेर आज बाह्रदशी गाउँपालिकामा सेलरोटी महोत्सव उल्लासपूर्वक मनाइएको छ । जनचेतना मूल कृषक समूह राजगढको आयोजनामा राजगढ बजार परिसरमा आयोजित महोत्सवमा विभिन्न कृषक समूह सहभागी भएका थिए । सेलरोटीको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनचेतना मूल कृषक समूहका अध्यक्ष पुण्य ढुङ्गेलले बताउनुभयो । 

नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय झापाले २५ जनाभन्दा बढी भेला नहुन जारी गरेको सूचनालाई बेपर्वाह गर्दै महोत्सवमा करिब तीन हजारको उपस्थिति रहेको थियो । माघे सङ्क्रान्तिमा तरुल, चाकु र तिलको लड्डुझैँ महत्व सेलरोटीको पनि रहेको उहाँको भनाइ छ । विभिन्न जातजाति र समुदायले आफ्नो पहिचान स्थापित गर्न मात्र विगतमा महोत्सवको आयोजना हुँदै आए पनि पछिल्लो समय झापामा पक्का र सेलरोटी महोत्सवसमेत सुरुआत भएको छ ।