२३ बैशाख, २०८१ आइतबार

07:17:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रतिनिधिसभामा ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश

Nepal Business

२२ साउन, २०७९

प्रतिनिधिसभामा ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश

काठमाण्डौं । प्रतिनिधिसभाको बैठकमा  ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश भएको छ । आइतबार बसेको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिवेदन पेश गर्दै सभापति सुवेदीले समितिका नौवटा बैठकमा छलफल गरी सर्वसम्मतरुपमा उक्त प्रतिवेदन तयार पारी सदनमा पेश गरिएको जानकारी दिनुभयो । उक्त विधेयकमाथि कार्यदल गठन गरीसमेत छलफल भएको उहाको भनाई छ ।

यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकातर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन, २०७९ पेश गर्नुभएको थियो ।

बैठकमा उपसभामुख पुष्पा भुसाल गौतमले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।