१६ बैशाख, २०८१ आइतबार

01:27:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रसुवागढी र तातोपानी नाकाबाट २८ महिनामा ६८ अर्ब २२ करोड बढीको वस्तु नेपाल आयात

२२ साउन, २०७९

रसुवागढी र तातोपानी नाकाबाट २८ महिनामा ६८ अर्ब २२ करोड बढीको वस्तु नेपाल आयात

काठमाडौं । पछिल्लो २८ महिनामा रसुवागढी र तातोपानी नाका हुँदै चीनबाट नेपालमा ६८ अर्ब २२ करोडबढीको वस्तुहरु आयात भएको छ । सो अवधिमा रसुवागढी र तातोपानी नाका हुँदै नेपाली वस्तु चीनतर्फ गएको छैन ।

भन्सार विभागले सनर्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २८ महिना (२०७६ चैतदेखि २०७९ असार मसान्तसम्म) मा तातोपानी र रसुवागढी नाकाबाट ६८ अर्ब २२ करोड ५४ लाख ८ हजार रुपैयाँको वस्तु चीनबाट नेपाल आएको छ ।

गत आर्थिक वर्ष २०७८।७९ मा मात्र रसुवागढी र तातोपानी नाकाबाट ४० अर्ब ६५ करोड २६ लाख ६० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । रसुवागढीबाट २६ अर्ब ६२ करोड ८९ लाख ४० हजार रुपैयाँ र तातोपानीबाट १४ अर्ब २ करोड ३७ लाख २० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको विभागले सार्वजनिक गरेको तथ्याङ्क उल्लेख छ ।

आर्थिक वर्ष २०७७। ७८ मा रसुवागढीबाट १७ अर्ब १ करोड ४८ लाख ४९ हजार रुपैयाँ र तातोपानीबाट ५ अर्ब ८४ करोड ९१ लाख ८६ हजार रुपैयाँ गरी २२ अर्ब ८६ करोड ४० लाख ३५ हजार रुपैयाँको वस्तु नेपाल आयात भएको थियो ।

आर्थिक वर्ष २०७६। ७७ को चैत, वैशाख, जेठ र असार महिनामा रसुवागढीबाट ७ करोड ७८ लाख २१ हजार रुपैयाँ र तातोपानीबाट ४ अर्ब ६३ करोड ८ लाख ९२ हजार रुपैयाँ गरी ४ अर्ब ७० करोड ८७ लाख १३ हजार रुपैयाँको वस्तु नेपाल आयात भएको थियो ।