१९ माघ, २०८१ शनिबार
03:53:43 AM
२२ साउन, २०७९
काठमाण्डौं । काठमाडौँ उपत्यकामा ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडी बढाइएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न’ अभियानलाई अघि बढाएको हो ।
काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाण्डौं महानगर प्रमुख बालेन्द्र शाहले नो हर्न लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारी साधनमा टासेँर कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो ।
‘नो हर्न’ अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्ताहरुमा सचेतना फैलाउनका लागि पद्मकन्या बहुमुखी क्याम्पसका एक सय जना विद्यार्थीहरू १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् ।
हर्नले ध्वनी प्रदुषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले नो हर्न कार्यक्रमलाई निरन्तरता दिनका लागि यो कार्यक्रम पुनः सुरु गरिएको काठमाण्डौँ महानगर प्रमुख बालेन्द्र शाहले बताउनुभयो ।
काठमाण्डौं उपत्यकामा ध्वनी प्रदुषण नियन्त्रणका लागि २०७४ साल वैशाख १ गतेबाट नो हर्न लागू गरिएको थियो । जस अनुसार अत्यावश्यक पर्दा बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ।