२१ बैशाख, २०८१ शुक्रबार

01:42:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय गौरवतर्फका सिँचाइका आयोजनामा प्रगति देखियो

Nepal Business

२१ साउन, २०७९

मन्त्रालयमातहत रहेका आयोजनामा महाकाली सिँचाइ, रानी जमरा कुलरिया, बबई, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ, सुनकोसी मरिण डाइभर्सन आयोजना र विद्युत्तर्फ बुढीगण्डकी जलविद्युत् आयोजना छन् ।

राष्ट्रिय गौरवतर्फका सिँचाइका आयोजनामा प्रगति देखियो

काठमाडौँ,
सरकारले असाध्यै महत्व दिएर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति औसतभन्दा पनि कमजोर रहेको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका त्यस्ता परियोजनाले भने आव २०७८/७९ मा भने उल्लेख्य प्रगति गरेका छन् ।

भौतिक तथा वित्तीय प्रगतिका हिसाबले ती आयोजनाको प्रगति उल्लेख्य रहेको पाइएको छ । मन्त्रालयमातहत विभिन्न सातवटा सिँचाइका आयोजना राष्ट्रिय गौरवका आयोजनाका रूपमा सूचीकृत छन् । 

भौतिक तथा वित्तीय प्रगतिका हिसाबले ती आयोजनाको प्रगति उल्लेख्य रहेको पाइएको छ । मन्त्रालयमातहत विभिन्न सातवटा सिँचाइका आयोजना राष्ट्रिय गौरवका आयोजनाका रूपमा सूचीकृत छन् । 

मन्त्रालयमातहत रहेका आयोजनामा महाकाली सिँचाइ, रानी जमरा कुलरिया, बबई, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ, सुनकोसी मरिण डाइभर्सन आयोजना र विद्युत्तर्फ बुढीगण्डकी जलविद्युत् आयोजना छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले केही दिनअघि सम्पन्न गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पेश भएको विवरणानुसार गत आवमा राष्ट्रिय गौरवका रहेका आयोजनाको प्रगति राम्रो रहेको पाइएको हो ।

कैलाली र कञ्चनपुर जिल्लाको ३३ हजार पाँच सय २० हेक्टर कृषियोग्य भूमिमा दिगो र भरपर्दोरूपमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको महाकाली सिँचाइ आयोजनाको आव २०७८/७९ को वार्षिक भौतिक प्रगति ९९.३९ प्रतिशत र वित्तीय प्रगति ९४.०२ प्रतिशत बराबर रहेको छ । 
समग्रमा सो आयोजनाको प्रगति भने न्यून छ । तर सो आवको वार्षिक प्रगति भने सकारात्मक देखिएको हो ।

यस्तै सिँचाइतर्फकै अर्को आयोजना सिक्टाको पनि वार्षिक प्रगति राम्रो रहेको पाइएको छ । मन्त्रालयका अनुसार आव २०७८/७९ मा सो आयोजनाको वार्षिक भौतिक प्रगति ७५.९३ प्रतिशत र वित्तीय प्रगति ७७.७३ प्रतिशत बराबर भएको छ । 

सो आयोजनाको पुलसहित ३१७ मिटर लामो ब्यारेज सम्पन्न भएको छ । कुल ४५.२५ किलोमिटर लामो पश्चिम मूल नहर सम्पन्न भएको छ ।
 पूर्वी नहरको कार्य ८६.१६ प्रतिशत सम्पन्न भई फत्तेपुर लिङ्क नहरसम्म पानी सञ्चालन भएको छ । पश्चिम नहरको सिधनिया शाखा १२.९ किलोमिटरसम्म नहर निर्माण, अकलगरवहवा शाखा ४.६ किलोमिटरसम्म पूरा भएको छ ।