७ मंसिर, २०८१ शुक्रबार
01:44:34 AM
२१ साउन, २०७९
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले विदेशबाट फर्किएका युवाको विदेशमा सिकेको सीप, श्रम र दक्षतालाई नेपालमै सदुपयोग गर्ने गरी सरकारले योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँ,
युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले विदेशबाट फर्किएका युवालाई स्वदेशमै केही गर्न सक्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेको बताउनुभएको छ ।
राष्ट्रिय युवा परिषद्अन्तर्गतको रिटर्नी युवा सञ्जालले शनिबार परिषद् कार्यालय सानोठिमीमा आयोजना गरेको वैदेशिक रोजगारबाट फर्केका युवाको अवस्था, समस्या र सम्भाव्यता विषयक प्रशिक्षणमूलक कार्यक्रम २०७९ को उद्घाटन गर्दै उहाँले वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोगार र उत्पादनमा जोड्न सरकारले प्रयास गरिरहेको बताउनुभयो ।

सरकारले युवा रोजगारका लागि विभिन्न कार्यक्रम अगाडि सार्दै त्यसका लागि बजेट विनियोजनसमेत गरेको बताउँदै मन्त्री गहतराजले युवाका लागि ल्याएका विभिन्न योजना र कार्यक्रमलाई एकीकृत गरी ठोस परिणाम दिने गरी अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले विदेशबाट फर्किएका युवाको विदेशमा सिकेको सीप, श्रम र दक्षतालाई नेपालमै सदुपयोग गर्ने गरी सरकारले योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
वैदेशिक रोजगारीका क्रममा उनीहरूले सिकेका अनुभव र सीपलाई उपयोगी बनाउन सके राष्ट्र निर्माणमा मेरुदण्ड बन्न सक्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले युवालाई स्वरोजगार बनाउन कोषले विभिन्न कार्यक्रम अगाडि ल्याएको बताउनुभयो ।
त्यस अवसरमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले विदेशबाट श्रम गरेर फर्किएका युवाका लागि विशेष कार्यक्रम ल्याउन बोर्ड लागिरहेको बताउनुभयो ।
युवालाई देशभित्रै अवसर खोज्न आग्रह गर्दै युवा अर्थशास्त्री डिपी ढकालले नेपाली श्रमबजारको अवस्था, समस्या, चुनौती र अवसरका बारेमा चर्चा गर्नुभयो ।