२२ माघ, २०८१ मंगलबार
10:27:14 AM
१ माघ, २०७८
१ माघ । प्रहरीले विना बीचका १० लाखका लत्ताकपडा भित्र्याउने ६ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बागबजारबाट बील विनाका कोट, पाइन्ट, कुर्ता, सुरुवाललगायतका कपडा फेला पारेको हो ।
उक्त कारोबारमा संलगन ६ जनालाई कोट पाइन्टको कपडा ५५ थान र कुर्ता,सुरुवाल २८८ थानसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको जनाइएको छ । उनीहरुले राजस्व छली गरेको आरोप छ ।