२३ बैशाख, २०८१ आइतबार

09:38:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजारीकरणका लागि निःशुल्क कृषि एम्बुलेन्स

Nepal Business

२० साउन, २०७९

एम्बुलेन्स सेवा सञ्चालनसम्बन्धी सम्झौतामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कृषि तथा पशुपछी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल हस्ताक्षर गर्नुभयो ।

बजारीकरणका लागि निःशुल्क कृषि एम्बुलेन्स

पोखरा, 

पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकको उत्पादन बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधासहित एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो ।

फलफूल तरकारी मूल्य शृङ्खला विकास आयोजनासँगको साझेदारीमा एम्बुलेन्स सञ्चालन गर्न लागिएको पोखरा महानगरले जनाएको छ । 

फलफूल तरकारी मूल्य शृङ्खला विकास आयोजनासँगको साझेदारीमा एम्बुलेन्स सञ्चालन गर्न लागिएको पोखरा महानगरले जनाएको छ ।

एम्बुलेन्स सेवा सञ्चालनसम्बन्धी सम्झौतामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कृषि तथा पशुपछी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल  हस्ताक्षर गर्नुभयो ।

कृषि एम्बुलेन्सले महानगरपालिकाका उत्पादन केन्द्रित वडाहरूबाट कृषि उत्पादनको सङ्कलन केन्द्रमार्फत निःशुल्क ढुवानी गर्नेछ भने उपभोक्ता केन्द्रित वडाहरूमा भने वितरणको काम गर्नेछ ।

ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरकारी मुख्य बजार क्षेत्रका उपभोक्तालाई स्वस्थ उपज खुवाउने महानगरको वार्षिक नीति तथा कार्यक्रमअनुसार कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको प्रमुख आचार्र्यले बताउनुभयो ।

उहाँका अनुसार कृषि एम्बुलेन्समार्फत कृषकलाई आवश्यक पर्ने बीउसमेत वितरण गर्न सहज हुनेछ ।

कृषि एम्बुलेन्सको सञ्चालनले कृषि उपजमा हुने क्षतिको न्यूनीकरण, उत्पादन क्षेत्रदेखि बजार केन्द्रसम्म सुरक्षित कृषि उपज ढुवानी, समयमा ढुवानी तथा बजारीकरणको अभावका कारण तरकारी बिग्रेर हुने फोहरमा कमी आउने बताइन्छ ।