२२ बैशाख, २०८१ शनिबार

06:37:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सीमा विवादबारे मुख खोल्यो भारतीय दूतावासले (विज्ञप्तिसहित)

Nepal Business

१ माघ, २०७८

सीमा विवादबारे मुख खोल्यो  भारतीय दूतावासले  (विज्ञप्तिसहित)

नेपाल विजनेश समाचारदाता,

१ माघ, काठमाडौं । भारतीय दुताबासले नेपालसँगको सीमा विवादबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । दुतावासका प्रवक्ताले हालै नेपालमा सार्वजनिक भएका समाचार र विज्ञप्तिबारे मिडियाले सोधेको जिज्ञासाको उत्तर दुई बँुँदामा दिएका छन् । 

विज्ञप्तिमा भनिएको छ,'दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्रहरु वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्याम हुन् भन्ने हाम्रो धारणा रहेको छ । दुई पक्षबीच सुल्झाउन बाँकी रहोक सीमा सम्बन्धी विषयलाई सधैँ हाम्रो निकट तथा मैत्री दुई पक्षीय सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ । '

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताएपछि नेपालमा त्यसको तिब्र विरोध भएको थियो । यस विषयमा नेकपा एमाले र केही सत्तारुढ दलले विज्ञप्ति जारी गरेरै विरोध गरेका थिए । त्यसैको जवाफ स्वरुप भारतले आज विज्ञप्ति जारी गरी धारणा सार्वजनकि गरेको हो । 

दुताबासले नेपालभारत सीमाबारे भारत सरकारको धारणा सर्वविदित, स्थिर र प्रष्ट भएको बताएको छ ।  विज्ञप्तिमा भनिएको छ,'दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्रहरु वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्याम हुन् भन्ने हाम्रो धारणा रहेको छ । दुई पक्षबीच सुल्झाउन बाँकी रहोक सीमा सम्बन्धी विषयलाई सधैँ हाम्रो निकट तथा मैत्री दुई पक्षीय सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ । '