३ जेठ, २०८१ बिहिबार

12:28:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४६ अर्ब ७० करोड ऋण लिदै

१ माघ, २०७८

नेपाल सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४६ अर्ब ७० करोड ऋण लिदै

काठमाण्डौं
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालका लागि करिब ४६ अर्ब ७० करोड रुपियाँ (३९ करोड ५९ लाख अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । कोषले ‘इन्ह्यान्स्ड क्रेडिट फ्यासिलिटी (ईसीएफ) मार्फत शून्य ब्याजदरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो । ऋण सहायतामध्ये करिब १३ अर्ब चार करोड रुपियाँ तत्काल पहिलो किस्तामा प्राप्त हुने र बाँकी रकम क्रमशः प्राप्त हुने अर्थ मन्त्रालयले जनाएको छ ।

यो सहुलियतपूर्ण ऋण सहायताले कोभिड–१९ का कारण जनस्वास्थ्य र आर्थिक गतिविधिमा परेको नकारात्मक प्रभाव कम गर्न, विपन्न वर्गलाई संरक्षण गर्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थिरता कायम गर्न र दिगो विकास तथा गरिबी निवारणसम्बन्धी नेपालले लिएको सुधारका प्रयासलाई निरन्तरता दिन प्रयोग गरिनेछ । 
कोषबाट प्राप्त हुने सहायता नेपालको आवश्यकता र प्राथमिकताका आधारमा बजेटमा समावेश गरेर खर्च सकिनेछ । चालू आर्थिक वर्षको बजेटमा पनि उक्त स्रोत उल्लेख गरिएको छ ।