१९ माघ, २०८१ शनिबार

03:54:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थबाट मरासिनीको सरुवा, पुष्करलाई अर्थसचिवको जिम्मेवारी

१९ साउन, २०७९

अर्थबाट मरासिनीको सरुवा, पुष्करलाई अर्थसचिवको जिम्मेवारी

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीको सरुवा गर्ने निर्णय गरेको हो । उक्त बैठकले अर्थसचिव मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । गत आइतबार जनार्दन शर्मा अर्थमन्त्रीको रुपमा फर्केपछि मरासिनीमा बिदामा बस्नुभएको थिए । मरासिनीले मन्त्रालयमा रहेर काम गर्न इच्छुक नरहेको भन्दै सरुवा मागेकाले यस्तो निर्णय गरेको जनाइएको छ ।

साथै उक्त बैठकले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रहनुभएका पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने हुनुभएको छ ।