१९ माघ, २०८१ शनिबार
03:48:18 AM
१९ साउन, २०७९
काठमाडौं ।नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । यसअघि उहाँलाई ६ असारमा निलम्बन गर्ने निर्णय गरेको थियो ।
अधिकारी निलम्बनको विरुद्धमा सर्वोच्च अदालत पुग्नुभएको थियो । अदालतले असार २३ मा अधिकारीमाथि जाँचबुझ वा छानविन गर्नुपर्ने भए निलम्बन नगरी नै गर्न सकिने भएको भन्दै सरकारले गरेको निलम्बन फिर्ता गरेको थियो । त्यसपछि उहाँ काममा फर्किनुभएको थियो ।