१५ बैशाख, २०८१ शनिबार

09:08:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालले भारतबाट चिनी तथा गहुँ आयत गर्न पाउने, यस्तो छ प्रक्रिया

Nepal Business

१९ साउन, २०७९

नेपालले भारतबाट चिनी तथा गहुँ आयत गर्न पाउने, यस्तो छ प्रक्रिया

काठमाण्डौं । नेपालले आवश्यक परे जति चिनी तथा गहुँ भारत दिन तयार भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १० गते गहुँ आयातमा सहजीकरण गर्नका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतको उद्योग तथा वाणिज्य मन्त्रालयलाई पत्राचार गरेको थियो ।

सो पत्रचारको जवाफमा भारतले नेपाललाई कति चिनी र गहुँ चाहिन्छ भनि तथ्यांक मागेको छ । नेपालले अब आफूलाई आवश्यक पर्ने परिणामको तथ्यांक भारतलाई बुझाउनु पर्नेछ । 

गहुँका लागि भने मिति तोक्नुपर्ने छैन भने चिनीका लागि अक्टोबर ३० गतेसम्म कति परिमाणमा चिनी आवश्यक पर्छ खुलाउनु पर्नेछ । यस्तै नेपाली कम्पनीले भारतको कुन स्थानबाट चिनी खरिद गर्ने हो, सोको विवरण समेत खुलाउनु पर्नेछ । 

अब उद्योगीले वाणिज्य मन्त्रालयले तयार गरेको निवेदन भरी बुझाउनु पर्नेछ । यो विवरण वाणिज्य मन्त्रालयले भारतलाई बुझाउनेछ । सोही आधारमा नेपाली उद्योगीले चिनी र गहुँ आयात गर्न पाउनेछन् । 

मन्त्रालयका अनुसार चिनीका लागि एनेक्स ‘ए’ फारम भर्नुपर्नेछ भने गहुँका लागि एनेक्स ‘बी’ फारम भर्नुपर्नेछ । फारम मन्त्रालयको वेवसाइटमा राखिएको छ। भारतले गत वैशाख ३० बाट गहुँ र चिनी निर्यातमा रोक लगाएको थियो ।