१९ माघ, २०८१ शनिबार

03:36:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२ वर्षका लागि थप १० कम्पनी कालोसूचीमा

१९ साउन, २०७९

२ वर्षका लागि थप १० कम्पनी कालोसूचीमा

काठमाडौं । समयमा काम सम्पन्न नगर्ने थप १० कम्पनीलाई कालोसूचीमा राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले थप १० वटा कम्पनीलाई कालोसूचीमा राखेको हो ।

साउन १८ गतेको निर्णय अनुसार आज (साउन १९ गते बिहीबार) देखि लागु हुने गरी अनुगमन कार्यालयले निमार्ण व्यवसायी र आपूर्तिकर्ताहरुलाई १ देखि २ वर्षसम्म कालोसूचीमा राखेको हो ।

कालोसूचीमा रहेका कम्पनीले राखिएको अबधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ ।