१९ माघ, २०८१ शनिबार
03:49:02 AM
१९ साउन, २०७९
नेपालगञ्ज । श्री एयरलाइन्सको जहाज नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको हो । जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रु रहेका थिए ।