७ मंसिर, २०८१ शुक्रबार

07:46:23 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मंसिर ४ मा संघ र प्रदेशको निर्वाचन गर्ने तयारी, अबको मन्त्रिपरिषद बैठकले घोषणा गर्ने

Nepal Business

१८ साउन, २०७९

निर्वाचन आयोगले सिफारिस गरेको मितिअनुसार नै मन्त्रिपरिषद्बाट निर्णय गर्न लागिएको ती नेताको भनाइ छ

मंसिर ४ मा संघ र प्रदेशको निर्वाचन गर्ने तयारी, अबको मन्त्रिपरिषद बैठकले घोषणा गर्ने

काठमाडौँ, 
सत्तारुढ गठबन्धनमा आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने समझदारी बनेको छ । 

सत्तारुढ गठबन्धनको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्ने विषयमा समझदारी गरिएको एक नेताले जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विभिन्न मितिमा छलफल भएको र मंसिर ४ गते नै गर्ने भन्ने विषयमा सबै दलहरूबीच समझदारी बनेको बताइएको छ ।

निर्वाचन आयोगले सिफारिस गरेको मितिअनुसार नै मन्त्रिपरिषद्बाट निर्णय गर्न लागिएको ती नेताको भनाइ छ । सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचन मिति घोषणा गर्ने  छ ।