१५ बैशाख, २०८१ शनिबार

12:01:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिकाले ताइवानको साथ नछोड्ने

Nepal Business

१८ साउन, २०७९

अमेरिकाले ताइवानको साथ नछोड्ने

एजेन्सी । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने बताउनुभएको छ । 

प्रतिबद्धता व्यक्त गरेकी छिन् । चीनको चेतावनीलाई वेवास्ता गर्दै गए राति यहाँ आउनुभएकी उहाँले ताइवानी नेताहरूसँग भएको भेटमा ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताउनुभएको हो । 

राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उहाँले विश्वभरि लोकतन्त्रको प्रवद्र्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गर्नुभयो । अमेरिका र चीनबीच तनाव बढेका बेला २५ वर्षको अन्तरालमा ताइवान भ्रमण गर्ने उहाँ उच्च अमेरिकी अधिकारी हुनुहुन्छ ।