६ जेठ, २०८१ आइतबार

02:46:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न अनेरास्ववियुको माग, निगमलाई बुझायो ध्यानाकर्षण पत्र

Nepal Business

१८ साउन, २०७९

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न अनेरास्ववियुको माग, निगमलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाण्डौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियुले आयल निगममा विरोध प्रदर्शन गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण नेपालमा पनि घटाउनुपर्ने भन्दै अनेरास्ववियु बाग्मती प्रदेश उपत्यका विशेष कमिटीले निगममा प्रदर्शन गरेका हुन् ।

उनीहरुले स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागीहरुले मूल्य वृद्धि फिर्ता गर्, स्वचालित मूल्य प्रणाली कायम गर लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

अनेरास्ववियु बाग्मती प्रदेश उपत्यका विशेष कमिटीका अध्यक्ष पंकज भण्डारीले पेट्रोलियम पदार्थको मूल्य बढ्दा दैनिक उपभोग्य बस्तु लगाएतको मूल्यबृद्धि भएको हुँदा अहिले पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा पनि घटाउनुपर्ने बताउनुभयो ।

उहाँले आफ्नो कमजोरी लुकाउन निगमले सदैव घाटा मात्र देखाउने गरेको आरोप लगाउनुभयो । विद्यार्थीहरुको ध्यानाकर्षण पत्र बुझ्दै निगमका अधिकारीहरुले स्वचालित मूल्य प्रणाली लागू गर्न निगम प्रतिवद्ध रहेको जनाएका थिए ।

अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य समायोजन नभए कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।