२३ बैशाख, २०८१ आइतबार

05:30:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६ हप्ताका लागि मनकामना केबुलकारको सेवा बन्द

Nepal Business

१८ साउन, २०७९

६ हप्ताका लागि मनकामना केबुलकारको सेवा बन्द

काठमाण्डौं । नेपालको पहिलो केबलकार मनकामना केबलकारले २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको छ । केबुलकारको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको हो । जसका कारणले केबुलकार बन्द गर्नुपरेको हो । 

यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुनेछ । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति  गर्न लागिएको हो ।  स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने कम्पनीले जनाएको छ । 

यस अबधिभर केबलकार सेवा बन्द रहेता पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने कम्पनीको भनाई छ । स्तरोन्नतिकार्य अष्ट्रियाका प्राविधिकहरुले गर्ने छन् ।