७ मंसिर, २०८१ शुक्रबार

07:42:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जनतालाई चुस्त सेवा दिन प्रधानमन्त्री देउवाद्वारा मन्त्री र सचिवलाई निर्देशन

Nepal Business

१७ साउन, २०७९

प्रतिनिधि र प्रदेशसभाको निर्वाचन तयारी थाल्न निर्देशन

जनतालाई चुस्त सेवा दिन प्रधानमन्त्री देउवाद्वारा मन्त्री र सचिवलाई निर्देशन

काठमाडौँ,

प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेबलटेबलमा हुने शासन अन्त्य गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार मन्त्री र सचिवहरूको बैठकमा उहाँले जनताले सरकारबाट पाउने सुविधा सहज र चुस्त रुपमा उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार मन्त्री र सचिवहरूको बैठकमा उहाँले जनताले सरकारबाट पाउने सुविधा सहज र चुस्त रुपमा उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।

 “तपाईँहरूले सरकारी कार्यालयका टेबल टेबलका शासन आजैदेखि बन्द गराउनुहोस्”, प्रधानमन्त्री देउवाले निर्देशन दिँदै भन्नुभयो, “जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रूपमा काम गर्नुहोस् ।”

उहाँले कानुन बमोजिम सुविधा पाउने बाहेकका कर्मचारी वा अन्य पदाधिकारीलाई सवारीसाधन सुविधा र इन्धन नदिन पनि निर्देशन दिनुभएको छ । 

इन्धनको मूल्य वृद्धिसँगै यसले मुलुकको विदेशी मुद्रामा असर गरिरहेका बेला उहाँले कानुनले तोके बाहेकका सरकारी कर्मचारीलाई सवारी साधानको सुविधा पाए नपाएको लगत हेरेर कटौती गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री देउवाले छ महिनाभित्र तरकारी तथा फलफूल र एक वर्षभित्र खाद्यन्नमा आत्मनिर्भर हुने गरी सम्पूर्ण तयारी गर्न पनि मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको छ । 

विद्युत् खपत बढाउने, निर्यातलाई प्रवद्र्धन गर्नेलगायत काम सबै मन्त्रालयले योजना बनाएर अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।

उहाँले भन्नुभयो, “मेरो नेतृत्वमा पाँच राजनीतिक दलको सहभागितामा वर्तमान सरकार गठन भएको एक वर्षको अवधि पूरा भएको छ । यस अवधिमा सरकारले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्दै स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको छ ।

 स्थानीय तहले नयाँ नेतृत्व पाएसँगै विकास र सेवा प्रवाहमा नयाँ उत्साहका साथ परिचालित भएका छन् ।”

प्रतिनिधि र प्रदेशसभाको निर्वाचन तयारी थाल्न निर्देशन

अबका केही महिनाभित्रमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनका पूर्वतयारीका काम समयमै सम्पन्न गर्नुपर्ने, निष्पक्ष, विश्वासिलो र भरपर्दो वातावरण बनाइ निर्वाचन सम्पन्न गर्ने कामलाई उच्च प्राथमिकतामा राखीअघि बढ्न सम्बन्धित सबैसँग अनुरोध गर्नुभयो ।