१९ माघ, २०८१ शनिबार
04:34:39 AM
१७ साउन, २०७९
मन्त्रालयमा आउने सेवाग्राहीलाई दुःख दिने, धम्क्याउने गरेर उपसचिव नेपालले घुस लिने गरेका गुनासोको आधारमा अख्तियारले अनुसन्धान गरिरहेको थियो ।
काठमाडौँ,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुस लिन रेस्टुरेन्ट पुग्दा रङ्गेहात पक्राउ परेका छन् ।
काठमाडौंको नागपोखरीस्थित अरोरा रेस्टुरेन्टबाट उपसचिव नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
काठमाडौंको नागपोखरीस्थित अरोरा रेस्टुरेन्टबाट उपसचिव नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
बा१४झ ९९४६ नम्बरको मन्त्रालयको सरकारी गाडीमा उनी घुस लिन रेस्टुरेन्ट पुगेका थिए । उनी मन्त्रालयका सिनियर ट्राफिक कन्ट्रोलर हुन् ।
मन्त्रालयमा आउने सेवाग्राहीलाई दुःख दिने, धम्क्याउने गरेर उपसचिव नेपालले घुस लिने गरेका गुनासोको आधारमा अख्तियारले अनुसन्धान गरिरहेको थियो ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सेवाग्राहीबाट घुस लिँदालिँदै उनलाई पक्राउ गरिएको हो ।
उपसचिव नेपालले प्रयोग गरेको सरकारी गाडीबाट स्रोत नखुलेको थप रु १६ लाख ५० हजार रकम बरामद गरिएको छ ।