२६ बैशाख, २०८१ बुधबार

09:49:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गत एक वर्षमा १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सिफुड आयात

Nepal Business

१७ साउन, २०७९

गत एक वर्षमा १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सिफुड आयात

काठमाडौं । गत एक वर्षमा नेपालमा १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सिफुड भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार विभिन्न देशबाट १ अर्ब ३४ करोड ६५ लाख ८० हजार रुपैयाँको सिफुड नेपाल भित्रिएको हो । 

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा ४९ लाख ६६ हजार ३३८ केजी सिफुड नेपाल भित्रिएको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा नेपालले विभिन्न देशबाट १ अर्ब ६९ करोड ८० लाख ६१ हजार रुपैयाँको सिफुड आयात गरेको थियो ।

नेपालमा सिफुड भारत, थाइल्याण्ड, डेनमार्क, भियतनाम, ब्रुनाई, चीन, नर्वे, मलेसिया, सिंगापुर, क्यानडा, कतार लगायतका देशबाट आउने गरेको छ ।