२७ बैशाख, २०८१ बिहिबार

04:28:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्षमा साढे १७ अर्ब रुपैयाँको फलफूल नेपाल भित्रियो

Nepal Business

१७ साउन, २०७९

एक वर्षमा साढे १७ अर्ब रुपैयाँको फलफूल नेपाल भित्रियो

काठमाडौं । गत एक वर्षमा नेपालमा साढे १७ अर्ब रुपैयाँको फलफूल भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफूल नेपाल भित्रिएको हो । 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नेपालले ९३ करोड ६० लाख ३६ हजार रुपैयाँ बढीको फलफूल आयात गरेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट १६ अर्ब ५२ करोड ६२ लाख २० हजार रुपैयाँको फलफूलहरु आयात गरेको थियो

उक्त मूल्यमा गत आर्थिक वर्ष विभिन्न प्रकारका २९ करोड ७८ लाख ८२ हजार ३७ केजी फलफूल नेपाल भित्रिएको विभागले जनाएको छ । गतवर्ष नेपालले ७ अर्ब १५ करोड ८८ लाख ५४ हजार रुपैयाँको स्याउ र १ अर्ब ६३ करोड ७१ लाख ३४ हजार रुपैयाँको केरा आयात गरेको छ ।

सोही समयमा १ अर्ब १० करोड ९४ लाख ७८ करोड रुपैयाँको आँप तथा अम्बा, १ अर्ब २७ करोड १९ लाख ७५ हजार रुपैयाँको सुन्तला र २ अर्ब ४४ करोड ५४ लाख ४३ हजार रुपैयाँको अंगुर नेपालले आयात गरेको छ ।

यस्तै सो अवधिमा १ अर्ब १३ करोड ६२ लाख ८८ हजार रुपैयाँको अनार, ५६ करोड १८ लाख ७५ हजार रुपैयाँको खरबुजा, २६ करोड ५४ हजार रुपैयाँको मेवा र १५ करोड १ लाख ७५ हजार रपैयाँको भुइकटर नेपाल भित्रिएको विभागले जनँएको छ ।