१४ बैशाख, २०८१ शुक्रबार

11:41:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विश्वका धनी व्यक्ति एलन मस्क निजी विमानस्थल बनाउने तयारीमा

Nepal Business

१७ साउन, २०७९

विश्वका धनी व्यक्ति एलन मस्क निजी विमानस्थल बनाउने तयारीमा

काठमाडौं । टेस्ला र स्पेस एक्सका संस्थापक एलन मस्कले अस्टिनमा निजी विमानस्थल निर्माण गर्ने योजनामा हुनुहुन्छ ।

टेक्सासमा विभिन्न सुविधा सम्पन्न पूर्वाधार विस्तार गर्दै आउनुभएका उहाँले पछिल्लो समय विमानस्थल निर्माणको योजना अगाडि बढाउनुभएको हो। 

उहाँले टेक्सासस्थित बास्ट्रोपमा आफ्नै निजी विमानस्थल निर्माण गर्ने योजना बनाउनुभएको हो । उहाँले तयार गर्ने विमानस्थलमा कर्पोरेट जेट प्रयोग गरिने जनाइएको छ ।

विमानस्थलमा दुईवटा गल्फस्ट्रिम जि –६५० इआर, ड्याजल्ट फाल्कन –९००बी लगायत सिरीजका जहाज उडान अवतरण गर्न सकिनेछ।

विमानस्थल निर्माण सुरु हुनु अगाडि अमेरिकी वातावारण सुरक्षा समिती र उड्डयन प्रशासन संगठनको अनुमति लिन बाँकी नै रहेको जनाइएको छ।