७ मंसिर, २०८१ शुक्रबार
06:42:54 AM
१६ साउन, २०७९
काठमाण्डौं । सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै एमालेले सोमबार काठमाण्डौंमा प्रदर्शन गरेको छ । सरकारका कारण महंगी, भ्रष्टाचार र बेथिति बढेको भन्दै एमालेले खबरदारीका लागि प्रदर्शन गरेको जनाएको छ ।
प्रदर्शनमा एमालेका नेता कार्यकर्तासहित अनेरास्ववियू, प्रदेश सम्पर्क कमिटी, खेलकुद महासंघ, किसान महासंघ, रिटर्नी फेडेरेशन, इन्जिनियरिङ एसोसियसन, अपाङ्ग संघ, ट्रेड युनियन महासंघलगायतका भ्रातृ र शुभेच्छुक संघसंगठनका प्रतिनिधि पनि प्रदर्शनमा सहभागी भएका छन् ।