२२ माघ, २०८१ मंगलबार

10:43:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्करपियो त्रिशुलीमा खस्यो, सात घाइते

Nepal Business

३० पुस, २०७८

स्करपियो त्रिशुलीमा खस्यो, सात घाइते

३० पुस । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तीन नम्बर पुलबाट स्करपियो त्रिशूलीमा खस्दा सात घाइते भएका छन् । नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा १३ च ४३६५ नम्बरको स्करपियो अन्दाजी ६ः०० बजेतिर खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओप्रसाद अधिकारीका अनुसार सवारी चालकसहित घाइते सबैलाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै छ । दुर्घटनाको कारण खुलेको छैन ।