१० मंसिर, २०८१ सोमबार
06:39:56 AM
१६ साउन, २०७९
काठमाण्डौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज सोमबार दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएको हो ।
सो बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभाको मिति घोषणा गर्ने तयारी रहेको जनाइएको छ ।
निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्दा उपयुक्त हुने सुझाव दिएको एक महिना बित्न लाग्दा सरकारले पनि मिति घोषणा गर्न लागेको छ ।
सरकारले यसअघि नै निर्वाचनको मिति घोषणाको तयारी गरेको भएता पनि अर्थमन्त्री जनार्दन शर्मा विवादमा परेपछि गठबन्धन रोकिएको थियो । शर्मामाथिको छानबिन सकेर अर्थमन्त्री फर्किएपछि निर्वाचनको मिति घोषणा हुने प्रचुर सम्भावना रहेको छ ।