५ जेठ, २०८१ शनिबार

03:10:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

टोखा पार्कलाई किन राखियो लाखेडाँडा पार्क नाम, ४० लाख खर्च

Nepal Business

३० पुस, २०७८

टोखा पार्कलाई किन राखियो लाखेडाँडा पार्क नाम, ४० लाख खर्च

३० पुस । टोखा नगरपालिका–६ लाखेडाँडामा रु ४० लाख लगानीमा पार्क निर्माण भएको छ । जसलाई लाखेडाँडा पार्क नाम दिइएको छ । किन राखियो त उक्त नाम  ।

किनकी तयस क्षेत्रमा बढी लाखे नाचको प्रचलन रहेको र नेवारी संस्कृतिका व्यक्तिको  बाहुल्यता भएकाले  लाखे नाचको महत्व जोगाउन उत्तः नामाकरण गरिएको हो ।

स्थानीय, प्रदेश र केन्द्र सरकारको रु ४० लाख आर्थिक सहयोगमा निर्माण भएको उक्त पार्कको बागमती प्रदेशसभा सदस्य दीपक निरौलाले उद्घाटन गर्नुभउको छ । उहाँले टोखाको विकासले क्रमशः गति लिँदै गएको बताउनुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सार्वजनिक जग्गा संरक्षणलाई महत्व दिँदै सार्वजनिक जग्गाको डिपीआर तयार पारी प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्दै नगरपालिका भरि नै विभिन्न वडामा पार्क तथा जनतालाई लाभ हुने गरी कार्य  गरिरहेको जानकारी दिनुभयो । पाँच रोपनी क्षेत्रफलमा फैलिएको उक्त पार्क एक वर्ष लगाएर निर्माण गरिएको थियो ।