२३ बैशाख, २०८१ आइतबार

05:25:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खानेपानी तथा सरसफाइ विधेयक पारित

Nepal Business

१५ साउन, २०७९

विधेयक माथिको दफाबार छलफलमा प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङले खानेपानी र सरसफाइ मानव जीवनका लागि महत्वपूर्ण हुने बताउँदै समृद्ध प्रदेशका स्वस्थ नागरिकका लागि खानेपानी तथा सरसफाइ अपरिहार्य हुने बताउनुभयो ।

खानेपानी तथा सरसफाइ विधेयक पारित

गण्डकी,

गण्डकी प्रदेशसभाको आइतबारको बैठकले गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । 

बैठकमा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो ।

यसअघि विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री आचार्यले प्रदेशमा खानेपानी तथा सरसफाइलाई व्यवस्थित गर्नका लागि विधेयक ल्याइएको बताउनुभयो । 

यसअघि विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री आचार्यले प्रदेशमा खानेपानी तथा सरसफाइलाई व्यवस्थित गर्नका लागि विधेयक ल्याइएको बताउनुभयो । 

विधेयक माथिको दफाबार छलफलमा प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङले खानेपानी र सरसफाइ मानव जीवनका लागि महत्वपूर्ण हुने बताउँदै समृद्ध प्रदेशका स्वस्थ नागरिकका लागि खानेपानी तथा सरसफाइ अपरिहार्य हुने बताउनुभयो ।

प्रदेशको एकल अधिकारको प्रयोग गर्दै विधेयक आएको उहाँले बताउनुभयो ।