२३ बैशाख, २०८१ आइतबार

06:08:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गड्यौलापालनको महत्व बुझ्दै किसान

Nepal Business

१५ साउन, २०७९

मलको माग अधिक आउन थालेपछि आधुनिक उपकरणसमेत उहाँले राख्नुभएको छ ।

गड्यौलापालनको महत्व बुझ्दै किसान

कञ्चनपुर, 
भीमदत्त नगरपालिका– २ भाँसीका ललित अवस्थीले आठ वर्षअघि व्यावसायिक रुपमा गड्यौलापालन सुरु गर्दा स्थानीय पढेलेखेको मान्छेले के गर्न थालेको हो भनेर मुखामुख गर्थे ।

 गड्यौला पालन सुरु गर्दा गिज्यउने व्यक्ति पनि अहिले गड्यौलाबाट  उत्पादित   कम्पोष्ट मलको महत्व विस्तारै बुझ्दै जान थालेका छन् ।

गड्यौला खेतमै थुप्रै पाइन्छ किन खरिद गरेर ल्याएर पाल्नु परेको होला भनेर भनेर हाँस्थे ।

 गड्यौला पालन सुरु गर्दा गिज्यउने व्यक्ति पनि अहिले गड्यौलाबाट  उत्पादित   कम्पोष्ट मलको महत्व विस्तारै बुझ्दै जान थालेका छन् ।
 “हाँस्नेहरुले नै गड््यौला मलको माग गर्न थालेका छन् । मलको माग अधिक छ” अवस्थीले भन्नुभयो, “मागअनुसारको मल उत्पादन गर्न सकिरहेको छैन ।” बाह्र वटा चेम्बरमा अवस्थीले भर्मी मल उत्पादन गर्दै आउनुभएको छ । 

मलको माग अधिक आउन थालेपछि आधुनिक उपकरणसमेत  उहाँले राख्नुभएको छ । मल परीक्षण गरी प्लाष्टिकरहित प्याकेटमा राखेर मागअनुसार आपूर्ति गर्ने व्यवस्था गरिएको छ । 

माटोलाई प्लाष्टिकजन्य वस्तुले असर गर्ने हुनाले प्राङ्गारिक वस्तुले नै  प्याकिङ गरी मल बिक्री गर्दै आएको उहाँको भनाइ थियो ।
 
प्याकिङमै लेवल राखेर त्यसमा कुन बोट बिरुवामा कसरी कति मात्रा मल राख्ने भनेर उल्लेख गरिएको छ अवस्थीले  भन्नुभयो, “मल प्रयोगकर्ताले सजिलै बुझन सकुन भनेर यस्तो गरेका छौँ ।