१९ माघ, २०८१ शनिबार
04:38:39 AM
१५ साउन, २०७९
काठमाण्डौं । भाडा समायोजनको माग पुरा नभएपछि पेट्रोलियम ढुवानी व्यवसायी पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । यही साउन ६ गते बसेको महासंघको बैठकले १५ गते (आइतबार) आजसम्म ढुवानी भाडा वृद्धि गर्न माग गरेको थियो ।
तर व्यवसायीहरुका माग पुरा नभएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ । महासंघले व्यवसायीले भाडा समायोजनका लागि आज आइतबारसम्मको समयसीमा दिए पनि सरकारले कुनै चासो नदेखाएको जनाएको छ । आजसम्म पनि भाडा नबढाएमा व्यवसायी पुनः आन्दोलित हुने महासंघले चेतावनी दिएको छ ।
महासंघका अनुसार आजसम्म माग पूरा नभएपछि भोलिदेखि हवाइ इन्धन ढुवानी गर्ने ट्यांकरले देशभर पीडीओ नलिने र लोड नगर्ने घोषणा गरेका छन् । महासंघले देशभर २० गतेबाट सम्पूर्ण पेट्रोलियम ढुवानी ट्यांकरले पीडीओ नलिने र लोड नगर्ने समेत जनाएका छ ।