१९ माघ, २०८१ शनिबार
04:34:32 AM
१५ साउन, २०७९
काठमाण्डौं । संक्रमणकालिन न्याय सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमा त्रुटिपूर्ण प्रावधान रहेको भन्दै द्धन्द्ध पीडित समुदायले काठमाण्डौंमा प्रदर्शन गरेका छन् ।
उक्त विधेयकमा पिडकलाई उन्मुक्ति दिने प्रावधान रहेको भन्दै पीडितलाई न्याय हुने गरी कानून बनाउनुपर्ने उनीहरुको माग छ ।
काठमाण्डौंको माइतिघरमा नेपाल माओवादी पीडित संघ,द्धन्द्ध पीडित समुदाय र नागरिक समाजले गरेको प्रदर्शनमा सहभागीहरुले ऐन संशोधन प्रक्रियामा पीडितहरुसंग सार्थक परामर्श गर’ दण्डहिनतालाई प्रश्रय दिने विधेयक स्वीकार्य छैन, विधेयकका त्रुटिपूर्ण प्रावधानहरु खारेज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
नयाँ कानूनले आफुहरु थप पिडामा पर्ने भएकाले विरोध गर्नुपरेको उनीहरुको भनाइ छ ।