१० मंसिर, २०८१ सोमबार
05:56:45 AM
१५ साउन, २०७९
काठमाण्डौं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्री बन्ने हुनुभएको छ । उहाँले आज आइतबार साझ ५ बजे शपथ लिने कार्यक्रम रहेको छ ।
चालु आर्थिक वर्षको बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर भएको आरोप लागेपछि शर्माले असार २२ मा पदबाट राजीनामा दिनुभएको थियो ।
सोही दिन ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । सो छानबिन समितिले सो विषयमा अध्ययन गरेको थियो । अध्ययन पश्चात छानविन समितिले प्रतिवेद तयार गरी शर्मालाई ‘क्लिन चिट’ दिएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गर्नुभएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।