२३ बैशाख, २०८१ आइतबार

02:23:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

टानलाई लाग्यो चुनाव, नेतृत्वका लागि चार जनाको व्यापक चुनावी दौडधुप

Nepal Business

१४ साउन, २०७९

टान अध्यक्षका लागि पर्यटन व्यवसायी नीलहरि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, बोधराज भण्डारी र कमल सापकोटा विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा जुटेका छन् ।

टानलाई लाग्यो चुनाव, नेतृत्वका लागि चार जनाको व्यापक चुनावी दौडधुप

काठमाडौँ, 

पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान(को अध्यक्ष पदका लागि चार व्यवसायीबीच चुनावी दौडधुप चलेको छ ।  

यही साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्षका प्रत्याशीले उम्मेदवारी घोषणा गरेर चुनावी प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिसकेका छन् । 

यही साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्षका प्रत्याशीले उम्मेदवारी घोषणा गरेर चुनावी प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिसकेका छन् । 

साथै उनीहरुले निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न दौडधूप र छलफललाई तीव्रता दिएका छन् । टान अध्यक्षका लागि पर्यटन व्यवसायी नीलहरि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, बोधराज भण्डारी र कमल सापकोटा विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा जुटेका छन् । 

प्रत्यासीमध्ये बाँस्तोला टानका पूर्वउपाध्यक्ष हुन् भने भण्डारी र सापकोटाले टान कार्यसमितिमा रहेर काम गरिसकेका छन् । 

अध्यक्षका अर्का प्रत्यासी कमल सापकोटा पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहुन्छ । होटल तथा ट्रेकिङ व्यवसायमा चारैजना अब्बल गनिन्छन् । 

टान निर्वाचनका लागि मिति तय भएसँगै आकाङ्क्षी उम्मेदवारले आफ्ना प्रतिबद्धतासहित चुनावी प्रतिस्पर्धामा लागेको टानका अध्यक्ष खुम सुवेदीले बताउनुभयो । 

उहाँले टान नेतृत्व सकेसम्म सहमतिमा गर्ने प्रयास गरिए पनि व्यवसायीले प्यानलसहित उम्मेदवारी घोषणा गरिरहेकाले निर्वाचनबाटै नेतृत्व चयन हुने उल्लेख गर्नुभयो । 

अध्यक्ष सुवेदीले भन्नुभयो, “टानको वार्षिक साधारणसभा एवं निर्वाचन साउन ३० घोषणा गरिएको छ । सहमतिबाटै नेतृत्व चयनका लागि छलफल भइरहेको छ, सहमति भएन भने निर्वाचनबाटै नेतृत्व चयन हुन्छ । त्यसका लागि व्यावसायिक छलफल जारी छ ।”

टानको अध्यक्ष, पदाधिकारी र सदस्यगरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । टानमा करिब एक हजार आठसय व्यवसायी आबद्ध छन् ।