७ मंसिर, २०८१ शुक्रबार
07:00:05 AM
१४ साउन, २०७९
११ सदस्यीय समितिले प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा सीसीटीभी फुटेजमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको भन्दै पूर्वअर्थमन्त्री शर्मालाई सफाइ दिएको छ ।
काठमाडौँ,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय छानबिन विशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरेको छानबिनलाई जनताले अस्वीकार गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार राष्ट्रिय युवा संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा आपराधिक काम भएकै दाबी गर्नुभएको छ ।
शनिबार राष्ट्रिय युवा संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा आपराधिक काम भएकै दाबी गर्नुभएको छ ।
११ सदस्यीय समितिले प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा सीसीटीभी फुटेजमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको भन्दै पूर्वअर्थमन्त्री शर्मालाई सफाइ दिएको छ ।
समितिमा रहेका एमालेतर्फका सदस्यहरू खगराज अधिकारी, प्रदीप ज्ञवाली, विमला विक र भानुभक्त ढकालले प्रतिवेदनमा फरक मत राख्नुभएको थियो । अनुसन्धान पूर्ण र पर्याप्त हुन नसकेको’ भन्दै उहाँहरुले फरक मत राख्नुभएको हो ।
समिति होस् वा सदनमा दबाब दिएर अवधि थप गरेरै भए पनि अनुसन्धान पूर्ण बनाउनुपर्नेमा फरक मत राखेर प्रमुख प्रतिपक्षी सांसदले पूर्वअर्थमन्त्रीलाई चोख्याउन मद्दत गरेको आरोप एमालेकै नेता–कार्यकर्ताले लगाइरहेका बेला अध्यक्ष ओलीले बहुमत र अल्पमतका आधारमा प्रतिवेदन तयार पारिएको बताउनुभयो ।