८ मंसिर, २०८१ शनिबार

08:43:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शिवको मूर्ति र १० फिटको त्रिशूल स्थापनासँगै भोजपुरको त्रिपुरेश्वरमा पर्यटकको आकर्षण

Nepal Business

३० पुस, २०७८

शिवको मूर्ति र १० फिटको त्रिशूल स्थापनासँगै भोजपुरको त्रिपुरेश्वरमा पर्यटकको आकर्षण

भोजपुर 
‘पूर्वको पशुपति’ खोटाङ हलेसीको दोस्रो रुप त्रिपुरेश्वर महादेवस्थल छ । पौवादुङ्मा गाउँपालिका –१ तिलाहरमा आजभन्दा ५० वर्षअघि अर्थात् २०२८ सालमा उत्पत्ति भएको यो देवस्थल अहिले संरक्षण र प्रचारप्रसारको पर्खाइमा छ । हसेलीमा जस्तै गुफाभित्रका ढुङ्गामा देवताको अनेक रुप देख्न सकिने सो स्थानबाट कतिपय मूर्ति हराएका छन् । 
शिव, पार्वती, राम, सीता, हनुमान, गौरी, गणेशलगायत देवताका मूर्तिसँगै आश्चर्यजनक गुफासमेत रहेको सो धार्मिकस्थल अहिले इतिहाँस बन्ने अवस्थामा पुगेको छ । गुफाभित्र गाईका थुन जस्तै देखिने ढुङ्गाका आकृति, नाग र हात्तीका चित्र तथा ढुङ्गामा उत्पत्ति भएको दियोसँगै पोखरीसमेत छ । गुफाभित्र रहेका कतिपय मूर्ति हराएका छन, कतिपय तोडफोड भएका छन् । विसं २०३६ अघिसम्म यहाँ दर्शन गर्नेको निकै भिड लाग्थ्यो । अहिले भने यसको महत्व नै हराउँदै गएको छ । रामनवमी, बालाचतुर्दशी र शिवरात्रिमा मेला लाग्ने गरेको ८६ वर्षीय स्थानीयवासी केशरबहादुर श्रेष्ठले बताउनुभयो  । 

तत्कालीन सशस्त्र द्वन्द्वकालको प्रभावसँगै अधिकांश स्थानीयवासी बसाइँ गएपछि संरक्षणविहीन बनेको छ । धेरै अघिसम्मको यो त्रिपुरेश्वर महादेवस्थल देशमा कहलिएको देवस्थल थियो । यहाँ वर्षमा तीन पटक भव्य मेला लाग्थ्यो । विभिन्न काल, परिस्थितिले यो ठाउँ अहिले ओझेलमा प¥यो, संरक्षण भएन । अहिले कतिपय गुफाका प्वाल थुनिएका छन ।  देशभरका मानिससँगै भारतबाट समेत भक्तजन दर्शन गर्न आउँथे । सातदिनसम्म त मेला नै लाथ्यो स्थानीयवासी श्रेष्ठ भन्नुहुन्छ ।
अहिले विगतमा लगाइएका साना ढोका तथा प्रवेशद्वार भत्किएका छन् । देवस्थलको घेराबार नहुँदा यहाँका विभिन्न ठाउँमा क्षति पुगेको छ । विसं २०२८ मा यहाँका इच्छाबहादुर श्रेष्ठ र धनपाल तामाङले त्रिपुरेश्वर महादेव पत्ता लगाएको मन्दिरका पुजारी रितबहादुर श्रेष्ठले बताउनुभयो । ‘‘यहाँ देवस्थल छ भन्ने सपनामा देखेपछि उनीहरूले खोजी गरे । सपनामा देखेअनुसार त्यहाँ सानो प्वाल रहेको र त्यसलाई खनेर भित्र गएपछि यो स्थान फेला परेको भनिन्छ ।

गुफाभित्र प्राकृतिक   रुपमा बनेका दियो, नागको चित्र, गाईको थुनबाट दूध आउने स्थान, पोखरीसँगै ५० जनासम्म बस्न मिल्ने ठाउँ रहेको तथा हलेसीको जस्तै पापद्वार र धर्मद्वार पनि रहेको थियो । गुफा २०७२ को भूकम्पका कारण थुनिएको छ । भित्र पोखरी छ तर संरक्षण र प्रचारको अभावमा यो स्थान पछिल्लो समय ओझेलमा प¥यो ।

 गुफाभित्र प्राकृतिक   रुपमा बनेका दियो, नागको चित्र, गाईको थुनबाट दूध आउने स्थान, पोखरीसँगै ५० जनासम्म बस्न मिल्ने ठाउँ रहेको तथा हलेसीको जस्तै पापद्वार र धर्मद्वार पनि रहेको थियो । गुफा २०७२ को भूकम्पका कारण थुनिएको छ । भित्र पोखरी छ तर संरक्षण र प्रचारको अभावमा यो स्थान पछिल्लो समय ओझेलमा प¥यो ।
स्थलको विकासका लागि स्थानीयवासीले संरक्षण समिति गठन गरेर काम गरिरहेका छन् । आफँैले पैसा सङ्कलन गर्दै वडा कार्यालय तथा गाउँपालिकाबाट बजेट माग गरेर संरक्षणको काम थालेको संरक्षण समितिका अध्यक्ष सीताराम श्रेष्ठले बताउनुभयो  । अहिले युवाहरूको अगुवाइमा संरक्षणको काम थालिएको छ । कतिपय पुराना संरचना बिग्रिएका छन् । कतिपय मूर्ति तोडफोड भएका छन् । धेरै पटक संरक्षणका लागि बजेट माग गरेपछि वडा कार्यालयबाट यस पटक मन्दिर र पाटी निर्माणका लागि ४ लाख बजेट दिएको छ ।
सरकारी निकायबाट माग गर्दा पनि संरक्षणका लागि बजेट नआएपछि देउसी खेलेर, स्थानीयवासीबाट चन्दा उठाएर संरक्षणमा काम गरिएको सीतारामले बताउनुभयो । स्थानीयवासीबाट पैसा उठाएर यहाँसम्म पुग्ने सडकसमेत बनाएका छन ।
करिब दुई रोपनी क्षेत्रमा रहेको सो देवस्थलको संरक्षणमा अहिले स्थानीय जनता जागरुक छन् । काठमाडौंमा रहेका यहाँका दुई युवा योगेश श्रेष्ठ र प्रमेश तामाङले आफ्नो व्यक्तिगत पैसामा शिवको मूर्ति र १० फिटको त्रिशूल राख्ने काम गरेको स्थानीयवासीले बताउनु भयो । केही समयपछि ५२ केजीको पित्तलको घण्टी र दानपेटिका पनि राखिने छ । दुई जनाले व्यक्तिगत रुपमा १ लाख ५० हजार रुपैयाँ भन्दा बढीको सहयोग गर्नु भएको छ । पूर्वको त्रिपुरेश्वर’ क्षेत्रमा विद्युत् नपुगेका कारण गुफामा बत्ती जडान गर्न नसकिएको तथा पानीको धारासँगै अन्य आवश्यक संरचना निर्माण गर्न रकम अभाव रहेको स्थानीयवासीले  बताउनुभयो  । यस्ता संरचनाको संरक्षण तथा विकासमा सरकारले सहयोग गर्नुपर्ने उहाँहरुको माग रहेको छ । 
रासस