२३ बैशाख, २०८१ आइतबार

05:52:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गण्डकीको पर्यटनसम्बन्धी विधेयक पारित

Nepal Business

१३ साउन, २०७९

प्रकृति, संस्कृति एवम् साहसिक पर्यटनका दृष्टिले यो प्रदेश महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । प्रदेशको समृद्धिका लागि पर्यटन महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले विधेयक महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकीको पर्यटनसम्बन्धी विधेयक पारित

गण्डकी

गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकले गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ ।

बैठकमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । 

बैठकमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । 

यसअघि विधेयक माथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य राजीव पहारीले गण्डकी प्रदेश आफैँमा पर्यटकीयस्थल भएको बताउनुभयो । 

प्रकृति, संस्कृति एवम् साहसिक पर्यटनका दृष्टिले यो प्रदेश महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । प्रदेशको समृद्धिका लागि पर्यटन महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले विधेयक महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो । 

बाह्य पर्यटक मात्र नभई आन्तरिक पर्यटक कसरी बढाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अर्का सदस्य मनकुमारी गुरुङले विधेयक महत्वपूर्ण भएको बताउँदै गण्डकी र पर्यटन एक अर्काका परिपूरक भएको बताउनुभयो । 

प्रकृतिप्रदत्त धेरै सम्पदा गण्डकी प्रदेशमा रहेको बताउँदै उहाँले विधेयक अझै चाँडो आउनुपर्ने बताउनुभयो । प्रदेशको समृद्धिका लागि विधेयक महत्वपूर्ण बन्ने उहाँले बताउनुभयो ।