१० मंसिर, २०८१ सोमबार

04:00:14 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सङ्घीय र प्रदेशको चुनावमा एकताबद्ध भएर लाग्न कार्यकर्तालाई अध्यक्ष ओलीको आग्रह

Nepal Business

१३ साउन, २०७९

उहाँले झापा आमूल परिवर्तनको आन्दोलनको उद्गम थलो भएको हुँदा यहीँबाट पार्टीले नयाँ युगको सुरुआत गर्न कार्यकर्ताले कम्मर कसेर लाग्नुपर्ने बताउनुभयो ।

सङ्घीय र प्रदेशको चुनावमा एकताबद्ध भएर लाग्न कार्यकर्तालाई अध्यक्ष ओलीको आग्रह

झापा,

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी सङ्घीय र प्रदेशको चुनावमा एकताबद्ध भएर लाग्न झापाका पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

शुक्रबार विर्तामोडमा नेकपा एमाले झापाले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले एमालेलाई लोकप्रिय जनमत प्रदान गरेता पनि पार्टी पङ्क्ति पूर्णरुपमा एकताबद्ध हुन नसकेको गुनासो गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “आन्तरिक एकतालाई बलियो बनाउँदै पार्टीमा लय मिलाएर चल्नुपर्छ, विरासत फर्काउन गाह्रो छैन ।” उहाँले झापा आमूल परिवर्तनको आन्दोलनको उद्गम थलो भएको हुँदा यहीँबाट पार्टीले नयाँ युगको सुरुआत गर्न कार्यकर्ताले कम्मर कसेर लाग्नुपर्ने बताउनुभयो । 

उहाँले पार्टीभित्र अराजकता र बेथिति बढेकाले सच्चिएर अगाडि बढ्नसमेत कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

पार्टी अध्यक्षको गृहजिल्लाका रुपमा झापालाई देश र विदेशबाट समेत नियाँलिरहेको जनाउँदै उहाँले आउँदो निर्वाचनमा झापामा एमालेलाई हार्न छुट नभएको दाबी गर्नुभयो ।