२७ बैशाख, २०८१ बिहिबार

05:04:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा सरकार प्रतिबद्धः उद्योगमन्त्री बडू

Nepal Business

१३ साउन, २०७९

उद्योगमन्त्री बडूले कोभिड–१९ महामारी र पछिल्लो रसिया र युक्रेनबीचको युद्धको प्रभावले ‘लजिष्टिक’ लागत बढेको र गन्तव्यसम्म पु¥याउन पनि समय लागिरहेको भन्दै यी समस्या निराकरणका लागि सरकारले सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा सरकार प्रतिबद्धः उद्योगमन्त्री बडू

काठमाडौँ,

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

२८औँ कार्गो दिवसको अवसरमा कार्गो व्यवसायीको सङ्गठन नेपाल फ्रिट् फर्वाड्र्स् एशोसिएशनले शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँले कोभिड महामारीको असहज परिस्थितिमा पनि अग्रपङ्तिमा रहेर आपूर्ति व्यवस्था सहज तुल्याउन कार्गो व्यवसायीले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गर्नुभयो ।

२८औँ कार्गो दिवसको अवसरमा कार्गो व्यवसायीको सङ्गठन नेपाल फ्रिट् फर्वाड्र्स् एशोसिएशनले शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँले कोभिड महामारीको असहज परिस्थितिमा पनि अग्रपङ्तिमा रहेर आपूर्ति व्यवस्था सहज तुल्याउन कार्गो व्यवसायीले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गर्नुभयो ।

उद्योगमन्त्री बडूले कोभिड–१९ महामारी र पछिल्लो रसिया र युक्रेनबीचको युद्धको प्रभावले ‘लजिष्टिक’ लागत बढेको र गन्तव्यसम्म पु¥याउन पनि समय लागिरहेको भन्दै यी समस्या निराकरणका लागि सरकारले सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि नीतिगत सुधारका काम भइरहेको, नेपालको ‘लजिष्टिक पोलिसी’ को मस्यौदा मन्त्रिपरिषद्मा पुगेको तथा नेपाल उद्योग वाणज्य महासङ्घको ‘भिजन–२०३०’ मा ल्याएका केही विषय मन्त्रालयले आगामी हप्ता एमओयू गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।