१५ बैशाख, २०८१ शनिबार

04:03:37 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाललाई ‘आइटी हब’ को रुपमा विकास गर्नुपर्छ : मन्त्री कार्की

Nepal Business

१३ साउन, २०७९

सरकारी, नीजि, अन्य क्षेत्रको कार्यसञ्चालन र सेवा प्रवाहमा मात्रै नभई, आम जनताको दैनिक क्रियाकलापसमेतमा सूचना प्रविधि अनिवार्य आवश्यकताको रुपमा स्थापित भइसकेको उहाँको भनाइ छ ।

नेपाललाई ‘आइटी हब’ को रुपमा विकास गर्नुपर्छ : मन्त्री कार्की

काठमाडौँ,
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई ‘आइटी हब’को रुपमा विकसित गर्नुपर्नेमा जोड दिनुभएको छ । 

नेपालको इन्सोरेन्स एग्रिगेटर ‘मेरो बीमा’ को शुक्रबार उद्घाटन गर्दै मन्त्री कार्कीले मुलुकको समग्र विकासको निम्ति जलस्रोत, पर्यटन र व्यावसायिक कृषि क्षेत्र जस्तै गरी देशलाई ‘आइटी हव’ बनाउनुपर्नेमा जोड दिनुभयो । 

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो, “सूचना प्रविधिको विकास र विस्तारमा वर्तमान सरकार सदैव क्रियाशील रहेको छ, पछिल्लो समयमा भइरहेको सूचना र प्रविधिको विकासलाई मुलुकको समग्र विकाससँग जोडेर लैजानुपर्ने आवश्यकता छ, मुलुकको समग्र विकासको निम्ति जलस्रोत, पर्यटन र व्यावसायिक कृषि क्षेत्र जस्तै गरी  यो देशलाई आइटी हव बनाउनुपर्ने छ ।” 

सरकारी, नीजि, अन्य क्षेत्रको कार्यसञ्चालन र सेवा प्रवाहमा मात्रै नभई, आम जनताको दैनिक क्रियाकलापसमेतमा सूचना प्रविधि अनिवार्य आवश्यकताको रुपमा स्थापित भइसकेको उहाँको भनाइ छ ।