२१ बैशाख, २०८१ शुक्रबार

05:12:41 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इयूले उडान सुरक्षा सूचिमा राखिरहनु पर्ने अवस्था छैनः पर्यटनमन्त्री श्रेष्ठ

Nepal Business

१३ साउन, २०७९

भेटमा उहाँहरुबीच नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको थियो ।

इयूले उडान सुरक्षा सूचिमा राखिरहनु पर्ने अवस्था छैनः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ (इयू)ले नेपाललाई उडान सुरक्षासम्बन्धी सूचिमा राख्न नहुने धारणा राख्नुभएको छ ।

पर्यटनमन्त्री श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवासीय राजदूत आडम बुराकोव्स्कीले शुक्रबार मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटको क्रममा उहाँले नेपाली उड्डयन क्षेत्रलाई अन्तरराष्ट्रिय उड्डयन सङ्गठन आइकाओले प्रतिबन्ध फुकुवा गरिसकेको अवस्थामा इयुले सुरक्षासम्बन्धि सूचीमा राख्न नहुने बताउनुभएको हो ।

आइकाओको सुरक्षा इन्डेक्सले नेपाली आकाश तथा वायुसेवा कम्पनी सुरक्षित रहेको पुष्टी भइसकेको अवस्थामा नेपाली उड्डयन क्षेत्रलाई युरोपमा सिधा उडानको व्यवस्था गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।