९ मंसिर, २०८१ आइतबार
05:25:43 PM
१३ साउन, २०७९
काठमाण्डौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले संसदीय छानविन समितिले पूर्णरुपमा काम गर्न नसकेको बताउनुभएको छ । छानविन समितिका सदस्य समेत रहनुभएका ज्ञवालीले शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरेको बिषयमा सीसीटिभि बाहेक अन्य बिषयमा अनुसन्धान हुन नसकेको बताउनुभएको हो ।
उहाँले समितिमा रहेका सत्तापक्षका सांसदहरुका कारण छानविन पूर्ण हुन नसकेको आरोप समेत लगाउनुभयो ।
अनधिकृत भनिएका व्यक्तिहरुको कल डिलेज लिने र लोकेशन लिने तथा सो समयमा मन्त्रालयमा रहेका व्यक्तिहरुको नाम संकलन गरेर सोधपुछ गर्ने काममा पनि समिति सफल हुन नसकेको उहाँको भनाई छ ।
अनुसन्धान पुर्ण हुन नसक्दा निष्कर्ष पनि पूर्णरुपमा पुग्न नसकेको भन्दै ज्ञवालीले आफु मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरेको भन्ने बिषय निराधार हो भन्ने अवस्थामा पुग्न नसकेको बताउनुभयो ।
उहाँले अहिले व्यक्ति, पार्टी र सरकार भन्दा पनि पद्धती मुख्य बिषय भएको र समितिमा तथ्यमा नै पूर्ण रुपमा छलफल हुन नसकेको तर्क गर्नुभयो । उहाँले समितिले बनाएको कार्यविधि अनुसार पनि काम हुन नसकेको जिकिर गर्नुभयो ।