७ बैशाख, २०८१ शुक्रबार

11:26:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बढ्दै गएको डलरका कारण मेटाको आम्दानी घट्यो

Nepal Business

१३ साउन, २०७९

बढ्दै गएको डलरका कारण मेटाको आम्दानी घट्यो

एजेन्सी । लगातार बढ्दै गएको डलरका कारण मेटाको आम्दानी घटेको छ । हालै सार्वजनिक त्रैमासिक नतिजा अनुसार फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम लगायतका लोकप्रिय एप्सको मूल कम्पनी मेटाको आम्दानी पहिलो घटेको हो । 

डलर बलियो बन्दै गएकाले अन्य देशको आम्दानी घट्दै गएको छ । किनकि त्यहाँको मुद्रा डलरको तुलनामा कमजोर हुँदै गइरहेको छ। मन्दी र बढ्दो प्रतिस्पर्धाको डरले कम्पनीको डिजिटल विज्ञापन बिक्री प्रभावित भएको छ ।

नतिजापछि कम्पनीको सेयरभाउ ४.६ प्रतिशतले घटेको छ । मेटाको अनुमान अनुसार तेस्रो त्रैमासिकमा आम्दानी २६ अर्ब डलर पुग्न सक्छ । यो त्रैमासिकमा आम्दानी १ प्रतिशतले घटेर २८.८ अर्ब डलर पुगेको छ । टिकटकजस्ता प्रतिस्पर्धी बजारमा आएका कारण कम्पनीको आम्दानीमा असर पर्न थालेको कम्पनीले जनाएको छ । 

गत त्रैमासमा कम्पनीको राजस्व २९.१ अबर्ड डलर थियो । कम्पनीको फ्ल्यागसिप एप फेसबुकमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ९३ करोड रहेको विश्लेषकको अनुमान छ । सक्रिय

प्रयोगकर्ताको संख्या यो त्रैमासिकमा १ प्रतिशतले बढेको छ । योसँगै दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ९७ करोड पुगेको छ । अन्य अन्तर्राष्ट्रिय कम्पनीजस्तै मेटाले पनि आयसँग सम्बन्धित चुनौतीको सामना गरिरहेको छ। मेटाले तेस्रो क्वाटरमा ६ प्रतिशतले आम्दानी वृद्धि हुने अपेक्षा गरेको छ ।