१९ माघ, २०८१ शनिबार
06:39:32 AM
१३ साउन, २०७९
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले आज शुक्रबार सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाएको छ । १२९ पेज लामो प्रतिवेदनमा जेठ १४ गते राति अनधिकृत व्यक्तिले अर्थ मन्त्रालय प्रवेश गरेको नदेखिएको उल्लेख छ ।
‘समितिले अर्थ मनत्रालयका पदाधिकारीहरुसँग गरेका छलफल, अर्थ मन्त्रालयबाट प्राप्त जवाफ र कागजात, प्राप्त गरेका सीसीटीभी फुटेजको अध्ययन लगायत हालसम्म गरेका छानविन र संकलन गरेका प्रमाणका आधारमा करका दर निर्धारणमा अनाधिकृत व्यक्ति प्रवेश गरेको देखिएन, निष्कर्षमा भनिएको छ ।